रविविरुद्ध कमेन्ट गर्दा साइबरले दवाब दिएपछि विष खाएँ भन्दै पोष्ट हाल्ने युवाकले सिटामोल खाएको पुष्टि

काठमाडौं, वैशाख १३-

कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारत जाजरकोटका गणेशमान सिंहले सिटामोल खाएको पुष्टि भएको छ । सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको हाे। कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले सिंहले २० ट्याब्लेट प्यारासिटामोल एकैपटक खाएका जानकारी दिइन ।

प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि सिंहले वैशाख १२ गते विष सेवन गरेको गरेको बताएका थिए ।

गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकलाई वीर अस्पताल लगिएको थियो ।

गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले भनेका छन्–‘धम्की दिएपछि मैले विष सेवन गरेँ ।’

यस विषयमा साइबर ब्यूरोले विज्ञप्ति प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको छ । ब्यूरोको विज्ञप्तिमा भनिएको छ–‘ भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’ इलामको होटलबारे सिंहले ऋषिराज झा नामको फेसबुक आइडीबाट अश्लील सामग्री पोष्ट गरेको र त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाएको ब्यूरोले जनाएको छ ।

घटना के हो ?

सिंहले इलामको एउटा होटलमा ‘वेश्यावृत्ति हुन्छ’ भन्ने सन्देश सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी आयो । उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न भनेको साइबर ब्यूरोका सूचना अधिकारी दीपक राज अवस्थीले बताए । उनले भने–‘उनले दाबी गरे अनुसारको विषयमा अनुसन्धान र सोधपुछ नै भएको छैन ।’

सिंहले ६–७ वर्ष जेल हाल्छौँ भनेर साइबर ब्यूरोका प्रहरीले भनेको जिकिर गरेका छन् । तर, अनुसन्धान अधिकृतहरूले सो कुरा भन्दै नभएको एसपी अवस्थीले बताए ।

ब्यूरोले बोलाएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एक जना विद्यार्थी नेतालाई उनले फोन गरेर भनेका थिए । ती विद्यार्थी नेतासँग उनले ‘विष खान्छु’ भनेपछि विद्यार्थी नेताले त्यसबारे प्रहरीलाई भनेका हुन् । एसपी अवस्थी भन्छन्, ‘हामीकहाँ आउँदा सिटामोल खाएर आएको रहेछ सो कुरा थाहा पाएपछि अस्पताल पठाएका हौँ ।’

सूचना स्रोतः रातोपाटी

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button