बिज्ञापन

चितवनका १ सय ५० भन्दा बढी घर डुबानमा (यस्तो छ जिल्लामा बाढी पहिरोको क्षती)

चितवन, असोज १२-

बिहिबार देखि आएको अविरल वर्षका कारण चितवनका १ सय भन्दा बढी घरमा बाढी पसेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, नारायणी नदी र माडीको रिउ खोलामा आएको बढीका कारण विभिन्न संघ संस्था सहित १ सय ५० भन्दा बढी सर्वसाधारका घरमा बाढी पसेको हो।

आज बिहान साढे ८ बजे आएको नारायणीको बढी भरतपुर महानगरपालिका-१६का गुम्बाचौर, रामघाट, झनझने, कार्कीचोकका सय भन्दा बढी घरमा पसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार, सो क्षेत्रमा मानवीय तथा चौपाय क्षती भने भएको छैन ।

यस्तै, भरतपुर-२६ सिसुवार, तल्लो हिरापुरका नदी किनारका ३० घरमा नारायणीको बाढी पसेको छ। सो स्थानका मानिसलाई गुरुङ समाजको भवन र स्थानिय विद्यालयमा राखिएको उनले जानकारी दिए।

उता माडीको रिउ खोलाको पानीको बहाव बढेर माडी-१ बनकट्टाका ११, सिमरा, कृष्णपुरका ७ घरमा पानी पसेको छ। भरतपुर १ स्थित देवघाटमा रहेको हरीकिर्तनचोकको धर्मशाला बाढीले डुबाएपछि धर्मशालाबाट ७ जना र शिव मन्दिर बाट २ जना गरि ९ जनाको उद्धार गरिएको छ।

नारायणी नदी किनारको नगर वन नजिक रहेको हाम्रो घरमा समेत नारायणी पसेको छ । बालबालिका राख्ने (हाम्रो घर) र सोही ठाउँमा रहेको बाल कुमारी कलेजबाट गरी २८ जना उद्वार गरि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। नगरवन स्थितमा रहेको सामुदायिक सेवा केन्द्र नारायणगढको तल्लो कोठामा पनि पानी पसेको छ।

पूर्वी चितवनको राप्ती-६ ढुंग्रेखोलाको जोखिममा रहेको घरका १० जनाको उद्वार समेत गरिएको छ। आज बिहान साढे ८ बजे आएको त्रिशूलीको बढीले ईच्छाकामना गाउँपालिका-४ धारापानि र गोरखा शहिद लखन गाउँपालिका-४ छेपेटार जोडने झोलुङ्गे पुल बगाएको छ। जसका कारण त्यस क्षेत्रको यातायात अवरुद्ध भएको छ। इच्छाकामना-५ पुरानो पुल नजिक रहेको भवन, विद्युतको ट्रासमिटर, विद्युतको चार्जिङ स्टेशन पहिरोको जोखिममा परेको छ।

आज बिहान साढे पाँच बजे भरतपुर-२५का ४० वर्षिय राजेन्द्र महताको फर्निचरमा वेथरी खोलाको पानी पसि काठ, मुढा, वगाएको, सुत्ने कोठा र फर्निचरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाकारी दिएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ र ४का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

इच्छाकामना-३ स्थित मौवाखोला, दतिखोला र पानीधारा र वडा नम्बर-४ को घोप्टेभीरमा माथिबाट खसेको पहिरोले पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेको हो। नारायणगढ-मुग्लिङ सडकको नौ किलोमा सडक भासिदा ठूला सवारी साधनको आवागमनमा पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको छेउमा भाग २ फिट सम्म भासिएको छ।

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो। चितवनमा बिहीबारदेखि निरन्तर वर्षाका भइरहेको छ। पानीको बहाव अझै बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button