अडिसन लिन आयोजक टोलि कतार आइपुग्यो
फेब्रुअरी २१ को दिन आइडियल ईन्डियन स्कुलमा बिहान ११ बजेबाट अडिसन सुरु हुने

मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स सिजन २ को अडिसन लिन आयोजक टोलि कतार आईपुगेको छ ।
इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको दुई अन्तर्राष्ट्रिय रियालिटी शो को कतार अडिसन फेब्रुअरी २१ को दिन आइडियल ईन्डियन स्कुलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

दोहा आउने आयोजक टोलिमा नृत्य तर्फका निर्णायक मोडल तथा नृत्य निर्देशक शंकर विसी,कार्यसमिति सदस्यहरु लाल बहादुर तिवारी,रोशन बिष्ट,अथिराज सिवाकोटी र सोनु तामाङ छन् । गायन तर्फका निर्णायक गायक डम्बर नेपाली बुधबार मात्र दोहा आइपुग्ने आयोजकले जानकारी दिएको छ ।
कतारका लागि शो का कार्यक्रम संयोजक शिवराम ढकाल,एनसीसी कतारका सचिव रोशन अर्याल,लोकदोहोरी प्रतिष्ठान कतारका उपाध्यक्ष कृष्ण ढकाल र नमस्ते रेस्टुरेन्टका संचालक श्याम पाण्डेले आयोजक टोलिलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यो पनि पढ्नुहोस :
कतारमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन हुने