सेनेगलले आफ्नो राजदूत कतार फिर्ता पठाउने

खाडी समस्या शुरू भए लगत्तै परामर्शका लागि आफ्नो राजदूत स्वदेश बोलाएको अफ्रिकी राष्ट्र सेनेगलले अन्तत: फेरि कतार पठाउने भएको छ।

कतार न्युज एजेन्सीको अनुसार अमिर शेख तमिम विन हमद अल थानी ले हिजो साँझ सेनेगलको राष्ट्रपति माकी सल संग टेलिफोन वार्ता गर्नुभएको थियो।टेलिफोन कुराकानीमा दुई पक्षबीचको सम्बन्ध र त्यसको विस्तारबारे छलफल भएको थियो।त्यस्तै खाडी राष्ट्रबीचको विकसित समस्याको समीक्षा समेत गरिएको एजेन्सीले लेखेको छ ।

सेनेगलको राष्ट्रपति र कतारका अमीर एच एच शेख तमिम विन हमद अल थानी

उता दोहा र छिमेकी राष्ट्रहरु बिच शान्तीपूर्ण सम्झौताको प्रोत्शाहन गर्नका निम्ती सेनेगलले निरन्तर पहल गर्नेे राजधानी डकार बाट जारी एक विज्ञप्तीमा भनिएको छ । गत जुन ५ देखि साउदी प्रमुख राष्ट्रहरुले कतारसंगको कुटनीतिक सम्बन्धको अन्त्य गरे लगत्तै सेनेगलले परामर्शका लागि भन्दै आफ्नो राजदूत फिर्ता बोलाएको थियो ।
आतंकवादलाई सहयोग गरेका आरोप लगाउँदै साउदी प्रमुख राष्ट्रहरुले कतारमाथीे लगाएको नाकाबन्दीको तीन महिना बितीसक्दा पनि हाल सम्म एउटा प्रमाण समेत पेश गर्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button