कतारमा हुने एसीसी राइजिङ स्टार्स एसिया कपका लागि नेपालको १५ सदस्यीय टोली घोषणा
सन्दीप लामिछाने कप्तान

vदोहा, कतार — कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। सार्वजनिक गरिएको टोलीको कप्तानी अनुभवी लेग स्पिनर सन्दीप लामिछानेले गर्नेछन्।
टोलीमा सन्दीप लामिछानेसँगै बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोर, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन्।
नेपालको टोलीमा अनुभवी खेलाडी तथा युवा प्रतिभाहरूलाई समेटिएको छ। कुशल भुर्तेल, सोमपाल कामी र सन्दीप लामिछानेजस्ता अनुभवी खेलाडीको उपस्थितिले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कतारमा आयोजना हुने यस प्रतियोगिताले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने अपेक्षा गरिएको छ।

नेपालको १५ सदस्यीय टोली :
१. सन्दीप लामिछाने (कप्तान)
२. बसिर अहमद
३. अर्जुन कुमाल
४. नन्दन यादव
५. पवन सर्राफ
६. ललित राजवंशी
७. लोकेश बम
८. कुशल भुर्तेल
९. सोमपाल कामी
१०. दीपक डुम्रे
११. सन्दीप जोर
१२. अभिषेक गौतम
१३. ईशान पाण्डे
१४. राशिद खान
१५. देव खनाल
यो पनि :