बिज्ञापन

दुईपटक सर्किट लागेको सेयर बजार ४७ अंकले बढेर बन्द

काठमाडौं,असार १८-

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा बन्द भएको हो । यसदिन चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।

११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार निरन्तर ओरालो लागेको थियो । आज नेप्से परिसूचक २.२९ प्रतिशतले बढेको छ । २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिष्टिलरीको सेयर मूल्य प्रतिकित्ता ८.५४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहको परिसूचक नै बढेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको ३.३ प्रतिशतले वृद्धि भएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button