बिज्ञापन

चितवन ‘बी’ले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधि

चितवन, असार १८-

चितवनका शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (ईक्यान) चितवन बीु ले जितेको छ ।

भरतपुर ७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्टस जोनमा भएको प्रतियोगिताको फाइनलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) चितवन ‘ए’लाई हराउँदै ईक्यान ‘बी’ले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनलमा ईक्यान’बी’ २-१ ले विजयी भयो ।

उपाधि विजेता ईक्यान  ‘बी’ र उपविजेता एनएसजेएफ ‘ए’ ले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । ईक्यान ‘बी’ का आकाश गिरी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी तथा एनएसजेएफ ‘ए’ का जिबी सुनार सर्वाधिक गोलकार्ता भए । यस्तै ईक्यान ‘बी’ किशोर सुवेदी उत्कृष्ट गोलरक्षक तथा ईक्यान ‘ए’ अनुशासित टिम भयो ।

ईक्या चितवनले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रतियिगोता आयोजना गरेको हो । ईक्यानको वार्षिक क्यालेन्डर अनुसार नै प्रतियोगित आयोजना गरिएको संघका अध्यक्ष दीपकचन्द्र भट्टराईले बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button