बिज्ञापन

बीमा रकम असुल्न पसल सञ्चालक आफैंले गराए २ करोड बढीको गरगहना लुटपाट, पाँच पक्राउ

चितवन,असार १८-

चितवनको कालिका नगरपालिका ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा भएको डकैती घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत असार १ गते राति करिब ८ः२० बजे मोटरसाइकलमा आएका दुई जनाको अज्ञात समूहले तेज प्रसाद खनालको घरको पहिलो तलामा रहेको विनोद सुनचाँदी पसलमा पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियारले धम्क्याएर पसलभित्र रहेको २ करोड १७ लाख ५४ हजार ४१५ बराबरको सुनचाँदी र हिराको गरगहनाहरू लुटपाट गरेका थिए।

पक्राउ परेका व्यक्तिहरूमा मुख्य योजनाकार चितवन कालिका नगरपालिका ६ बस्ने ३५ वर्षीय विनोद सुनार, सोही ठाउँ बस्ने २५ वर्षीय विजय विश्वकर्मा र ४२ वर्षीय अन्जना पुडासैनी केसी, तनहुँ म्याग्दी गाउँपालिका ७ बस्ने ५० वर्षीय पूर्ण बहादुर विश्वकर्मा, र बारा बारागढी नगरपालिका ४ बस्ने १८ वर्षीय पवन कुमार पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार, सुनचाँदी पसलका सञ्चालक विनोद सुनारले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी र विभिन्न व्यक्तिहरूबाट लिएको ऋण चुक्ता गर्न जालसाजी गर्ने मनसायले लुटपाटको योजना बनाएका थिए। विनोदले पूर्ण बहादुर र पवन कुमारलाई लुटपाट गर्न लगाएका थिए भने पसलका मेनेजर विजय विश्वकर्माले चोरीमा सहयोग गरेका थिए। चोरी गरिएको सुनगहनाहरू लुकाउन विनोदले अन्जना पुडासैनीलाई दिएका थिए, र घटनापछि विनोदले ती गहनाहरू अन्जनाको घरबाट लगेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता रिजालले जानकारी दिए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button