बिज्ञापन

भोलिसम्म राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं,असार १८-

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि (बुधबार)सम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले प्रमुख दुई दलबीच राष्ट्रिय सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले सहजरूपमा राजीनामा दिएर बाटो खुलाइदिनुपर्ने बताए। त्यस्तै राष्ट्रिय सरकार निर्माणका लागि एमालेले सम्पूर्ण दललाई आह्वान गरेको छ। एमाले र नेपाली कांग्रेसको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय भएको छ, नेता ज्ञवालीले भने।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button