बिज्ञापन

पपुलर शैलुनले दिएको ४५ दिने निःशुल्क तालिम समापन

भरतपुर,असोज ११-

चितवनको भरतपुरस्थित पपुल युनिसेक्स शैलुनको ११ औं बार्षिकोत्सवको अवसरमा ३० जना युवायुवतीलाई दिइएको ४५ दिने निःशुल्क तालिम समापन भएको छ । शुक्रबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले तालिमको समापन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले पपुलर शैलुनले युवाहरुलाई निःशुल्क तालिम उपलब्ध गराउनु प्रशंसनिय काम भएको बताउनुभयो । उहाँले राज्यले गर्नुपर्ने काम एक युवाले गरेको भन्दै युवा व्यवसायी सुलभ सबैका लागि प्रेरणादायि बनेको बताउनुभयो ।

युवाहरुलाई ४५ दिनको अवधिमा जेन्स तथा लेडिजको कपाल काट्ने, नुहाउने र कपाल बनाउने लगायतका सिप सिकाइएको थियो । तालिम लिएका युवाहरुले विभिन्न सरकारी विद्यालयमा गएर यो अवधिमा सयौं विद्यार्थीको निःशुल्क कपाल काटिदिएको शैलुनका संचालक सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँले तालिम लिएका युवाहरु आफै स्वरोजगार बन्न पसल संचालनको तयारीमा रहेको उहाँले बताउनुभयो । समापन कार्यक्रममा पत्रकार महांसघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button