बिज्ञापन

न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि

काठमाडौँ, असोज ११-

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ ९पहिलो संशोधन २०८०० को खारेजी माग सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

महासचिव अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा बारका मागलाई सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उक्त निर्णयप्रति गम्भीर असहमति र चिन्ता व्यक्त गरिएको छ ।

“संविधानसम्मत उचित र जायज मागलाई पूर्णतया बेवास्ता गरी विरोध, घेराउ र नाराबाजीका बीचमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकाले उक्त निर्णयप्रति नेपाल बार एशोसिएशन गम्भीर असहमति र चिन्ता व्यक्त गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिको बैठकमा न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्ने सहमति भइ गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन हुनुपर्ने बारको माग छ ।

बारले गैरसंवैधानिक संशोधित नियमावलीको खारेजी गरेर मात्र न्यायाधीश नियुक्ति गर्न माग गर्दै आएको छ । बारको आन्दोलनकै बीच आज न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button