बिज्ञापन

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोबाट १४ जनाको शव निकालियो

काठमाण्डौँ, असोज १२
नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।

शनिबार अविरल वर्षाका कारण त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा(नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो। सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button