बिज्ञापन

नेता तथा कार्यकर्तालाई उद्धारमा जुट्न  एमालेको आग्रह

काठमाडौँ, असोज १२-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीपहिरोको उद्धारमा परिचालन हुन आग्रह गर्नुभएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै अस्वाभाविक रूपमा भएको वर्षापछि बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै यस विपद्मा पार्टी कमिटी, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गर्नुभएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले विपद्को उद्धारमा पार्टी पङ्क्ति तत्परताका साथ जुट्ने समेत बताउनुभयो ।

यसैगरी उहाँले उद्धार तथा राहत कार्यमा जुट्न सरकारसँग विशेष आग्रह गर्नुभएको छ । “सरकारका सबै अङ्गहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालय र निकायको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान दिन सरकारसित विशेष आग्रह छ । साथै बाढीपहिरोमा परी बेपत्ताहरूको अविलम्ब खोजी र घाइतेहरूको उपचारमा सरकारको ध्यान दिन आग्रह छ”, विज्ञप्तिमा भनिएको छ । साथै अन्य सबै पार्टी तथा सामाजिक सङ्गठन÷ संस्थाहरूलाई पनि यस काममा परिचालित हुन अनुरोध गरिएको छ ।

यस्तै, आमनागरिकलाई पनि आवतजावतमा विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button