बिज्ञापन

पहिरोमा बेपत्ता एन्फा एकेडेमीका ६ खेलाडी मृत भेटिए

मकवानपुर, असोज १२-
पहिरोमा परेर बेपत्ता भएका मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ को वत्सलादेवी एन्फा फुटबल एकेडेमीका ६ खेलाडी मृत भेटिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इन्द्रसरोवर(३ वत्सलादेवी एकेडेमीमा राखेको १४ वर्ष मुनीका ६ जना खेलाडी शनिबार बिहानै पहिरोमा परेर बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा मकवानपुरका अनुप घलान, साइमन योञ्जन र दिवस बानियाँसहित सर्लाहीका आदित्य बलपाकी, काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मी हुन्।

उनीहरुमध्ये ६ जनाकै शव फेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए। मृतकमध्ये अनुप जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको छोरा हुन्।

अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा ६ जना खेलाडी पहिरोमा परेका थिए। छोटो बाटो रोजेर सुरक्षित स्थानमा जाने क्रममा हिलो माटोमा परेर उनीहरु पहिरोसँगै बगेको एन्फा एकेडेमीका संयोजक समेत रहेका संविधानसभा सदस्य सुवासचन्द्र सिंह ठकुरीले जानकारी दिए।

बिहानदेखि हराएकाहरुका खेलाडीहरुको खोजीका लागि दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली खटिएको थियो। एन्फाले गत वर्ष वत्सलादेवी माविसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button