बिज्ञापन

के हो रमादान ? के गर्न हुन्छ के हुँदैन ?

यो वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’ को पहिलो दिन सम्भवतः भोली शनिबार,अप्रिल २ तारिख नभए पर्सी आईतवार अप्रिल ३ तारिख देखी सुरुहुनेछ । यद्यपि इस्लामिक परम्परा अनुसार अर्धचन्द्रमा हेरेर मात्रै रमादान महिनाको घोषणा हुने गर्दछ।

आज दोह्राको स्थानीय समय अनुसार साँझ ६:१६ बजे अर्धचन्द्रमा हेरेर रमादान भोली पर्ने वा नपर्ने भनेर टुङो लगाइनेछ ।


कतार एक मुस्लिम राष्ट्र हो । कतारले प्राय मध्यपुर्व आर्थात खाडी राष्ट्रहरुले मान्ने ईस्लामिक कानुन ‘शरिया कानुन’ को पालाना गर्दछ । कानुनले बर्तको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले बर्तालु लाई गाह्रो पर्ने हुँदा यी कार्यहरु प्रतिबन्धित गरेको छ । खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।


के हो रमदान ?

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमज़ान अप्रिल देखी हुँदैछ ।  इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, मदिरा सेवन, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।  यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।  सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

गर्न हुने कुराहरू

१. आफूले चिनेजानेको वा कार्यालयमा रहेका साथीभाई, कर्मचारी संग रमदानको शुभकामना आदानप्रदान गर्नुहोस् । शुभकामना “रमदान करीम” अथवा “रमदान मुबारक” भनेर दिन सकिन्छ ।  अंकमाल गरेर वा हात मिलाएर शुभकामना दिनु भन्दा अहिले कोरोनाका बेला टाडैबाट शुभकामना दिनुहोस् ।

२. रमदान महिनामा बैंक, कार्यालय, मार्केट सपिङ कम्प्लेक्स, मल, रेस्टुरेन्ट लगायत अन्य संस्थाले खुल्ने समय परिवर्तन गर्नेछन् । त्यसैले त्यस्ता स्थानमा जानुअघि त्यहाँको कार्य समय बारे बुझेर मात्र जानुहोला ।

३. साधारण कपडा लगाउनुहोस् । त्यसैपनि कतारमा विषेशगरी महिलाले शरीर देखाउने गरी लुगा लगाएको राम्रो मानिंदैन। अझ रमदानको समयमा छोटो कपडा लगाउँदा अफ्ट्यारोमा पर्न सकिन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुहोस् ।

४. वर्त बस्नुहोस् । रमदानको समयमा ईच्छा लागेका वा सक्नेले वर्त बस्नु इस्लाम धर्म विपरीत होइन। वर्त बस्नु शरीरको लागि राम्रो मानिन्छ ।

५. इफ्तार, सुहोर (वर्त बस्नु अघि र वर्त तोड्न खाइने खाना) मा सहभागी हुनुहोस् । रमदानको समयमा विभिन्न स्थानमा दिइने निशुल्क भोजन जो कसैले पनि गर्न पाइन्छ । तर को कोरोनाका बेला जनस्वास्थ्यका मापदण्ड पालना गर्न भने नबिर्सिनु होला ।

६. मन्त्रालय, सरकारी कार्यालय संग सम्बन्धित सबै कार्यहरू रमदान अघि सकाउनुहोस् । रमदानको समयमा सरकारी काम ढिला हुनु स्वभाविक हो ।

७. इफ्तार (वर्त सकिने समय) को समय अघि सवारी चालकले विशेष ध्यान पुर्याउनुहोला । यो समयमा सवारीको आवतजावत र गति तिब्र हुनेगर्दछ ।

८. वर्त बस्दै हुनुहुन्छ भने केही खाना सवारी वा कुनै सुरक्षित स्थानमा राख्नुहोस् । यसो गर्दा इफ्तारको समय सुरु भइसके पनि कोठा वा खाना खाने स्थान सम्म पुग्न लागि कुर्नुपर्दैन ।

गर्न नहुने कुराहरु

१.  वर्त बसिरहेकाहरुको अगाडी खान, पिउन र धुम्रपान नगर्नुहोला । गर्नै परेपनि सोधेर वा लुकेर गर्नुहोला । कतारमा रमदानको वर्तको समयमा सार्वजनिक स्थानमा बसेर खान, पिउन गैरकानुनी मानिन्छ ।

२. सार्वजनिक स्थानमा वा वर्त बस्नेहरुको अगाडी मदिरा सेवन नगर्नुहोस । रमदानको समयमा मापसे गर्नु पूर्णरुपमा गैरकानुनी हो । त्यस्तै रमदानको महिनाभर बार, लाउन्ज, रात्री क्लब लगायत मदिरा वितरक केन्द्र समेत बन्द हुने गर्दछन् ।

३. वर्त बस्नेहरूले कम काम गर्नुहोस्। यो समयमा निजी संस्थाहरुले पनि साधारण कार्य समय ६ घण्टा बढी लगाउन पाउँदैनन् ।

४. वर्त सकाएपछि जिम वा कडा कसरत नगर्नुहोस् । सकेसम्म यो महिना शरीरलाई आराम दिनुहोस् ।

५.  सपिङ सेन्टर, मल लगायत अन्य भिडभाड हुने ठाउँ इफ्तारको समय पछि नजानुहोस् । यो बेला सवारी तथा मानिसको चाप धेरै हुनाले समस्यामा पर्न सकिन्छ ।

कोरोनाका प्रतिवन्ध बारे पनि जानकार रहनुहोस् ।

१. कामको चाप अनुसार बढीमा सरकारी तथा निजि क्षेत्रको कार्यलयमा ५० प्रतिशत कामदारले मात्र काम गर्न पाउने, बाँकिले घर बाट काम गर्नुपर्ने ।

२. सरकारी र निजी क्षेत्रका कर्मचारी र कामदारहरूको लागि अनलाइन मीटिङ नभए ५ जना भन्दा बढी बैठकहरूमा भाग लिन नपाउने ।

३. सबै नागरिकहरूले कुनै पनि कारणले घर छोड्दा अनिवार्य मास्क लगाउन लगाउनुपर्ने, गाडीमा एकल भएको अवस्थामा भने नलगाउदा पनि हुने ।

४. सबै नागरिकहरू र बासिन्दाहरूले कुनै पनि कारणले घर छोड्दा स्मार्टफोनमा अनिवार्य एह्तेराज एप ‘EHTERAZ’ सक्रिय अवस्थामा राख्नु पर्ने ।

५. दैनिक प्रार्थना र शुक्रवारको प्रार्थनाका लागि १२ वर्ष भन्दा माथिकालाई मस्जिद खोल्ने क्रम जारी रहने, तर शौचालय र वुद्ध सुविधा बन्द राख्नुपर्ने ।

६. खुला स्थानहरुमा बढीमा खोप लगाइसकेका ५ जना व्यक्ति सम्म भेला हुन भने पाउने ।

७. अर्को सूचना नभएसम्म बन्द र खुला ठाउँहरूमा विवाहहरू गर्न नपाइने ।

८. पार्क, समुन्द्री किनारा, कर्नेश लगायतका स्थानमा भेला वा जमघट हुन नपाउने । व्यक्तिगत कार्य जस्तै हिड्न, जग्गिंग र साईकल चलाऊन भने पाइने ।

९. चालक समेत गरेर परिवार भएपनी निजि सवारीमा ४ जना भन्दा बढीले यात्रा गर्न नपाउने ।

१०. बस तथा भ्यानको आधा क्षमता अनुसार मात्र कामदार बोक्न पाउने । तर सबैले सावधानीका उपाएहरुको अनिवार्य प्रयोग गर्नैपर्ने ।

११. मेट्राे तथा कर्वा बस बढीमा २० प्रतिशत यात्रु क्षमताले मात्र चल्ने । शुक्रवार र शनिवार भने सेेवा बन्द हुुुने ।

१२. अर्को सूचना नभएसम्म कतारका सबै ड्राईभिङ स्कूलहरू बन्द रहने ।

१३. सिनेमाघर र थिएटरहरूको बन्द हुुुुने ।

१४. निजी शैक्षिक केन्द्रहरू र प्रशिक्षण केन्द्रहरूले अनलाइन सेवाहरू मात्र दिन पाउने ।

१५ . रेस्टुरेन्ट र क्याफेहरू बन्द रहने । टेक अवे र  डेलिभरी सेवा भने चलाउन पाउने ।

१६. होलसेल मार्केट, शपिङ मल ३० प्रतिशतले खोल्न पाउने तर १६ बर्षका बाल बालिका लाई भने प्रवेश गर्न नपाइने ।

१७. अर्को सुचना नआए सम्म जिमहरू र शारीरिक प्रशिक्षण क्लबहरू बन्द गर्ने ।

१८. सैलुन बियुटी पार्लरहरु बन्द गर्नुुपर्ने ।

१९. अर्को सुचना नआए सम्म स्विमिङ पुल बन्द गरिने । अर्को सूचना नभएसम्म मनोरंजन पार्क र सबै मनोरञ्जन केन्द्रहरू हरु पनि बन्द गर्ने ।

२०. निजी स्वास्थ्य सेवा केन्द्रहरुले आपतकालीन सेवा मात्र दिन पाउने ।

२१. सफाई र आतिथ्य कम्पनीहरूले प्रदान गरेको सेवाहरूको सञ्चालन क्षमता घटाउने ।  मागको ३०% मात्रले काम गर्ने । एकदिनमा एक व्यक्तिद्वारा मात्र एक घरमा सेवा गर्न सक्ने ।

२२. स्वास्थ्य आवश्यकता, कार्यविधि र निर्धारित सावधानीका उपायहरूको प्रयोग गरे नगरेको सुनिश्चित गर्नका लागि आन्तरिक मन्त्रालय, जनस्वास्थ्य मन्त्रालय, व्यापार र उद्योग मन्त्रालय र अन्य सरकारी एजेन्सीहरूले यस क्षेत्रमा आवश्यक कदम चाल्न सक्नेछन् ।

साथै कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्ध बारे पनि सचेत रहनु होला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button