बिज्ञापन

सहमति भएसँगै गृहमन्त्रीको हातबाट जुस पिएर रुबी खानले तोडिन् अनसन

काठमाडौं, असार ११-

सरकारले सुमदरानी थारुको घटनाका आरोपीको खोजीलाई तीव्रता दिने सहमति गरेको छ । पाँचबुँदे सहमतिसँगै आमरण अनसनरत रुबी खानले आसन तोडेकी छन् ।

बर्दियाको सुमदरानीको बलात्कारपछि हत्या भएको भन्दै परिवारले जाहेरी दिएको छ । आरोपितविरुद्ध पक्राउ पूर्जी जारी भएपनि हालसम्म पक्राउ परेका छैनन् ।

निर्मला कुर्मीको अपहरण तथा हत्या, सुमदरानीको बलात्कारपछि हत्या घटनामा प्रहरीको छानबिनमाथि प्रश्न उठाउँदै खानले अनसन थालेकी थिइन् ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी नेतृत्वको टोलीले गरेको वार्तामा पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै साेमवार राति गृहमन्त्री रवि लामिछानेले जुस पिलाएर खानको अनसन तोडाएका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button