बिज्ञापन

चितवनको शक्तिखोरमा जंगली च्याउ खाएर तीन जना विरामी

चितवन, असार ११-

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा सोमवार साँझ जंगली च्याउ खाएका तीन जना विरामी भएका छन् । जंगली च्याउ खाएर विरामी भएकाहरुले भरतपुर अस्पतालमा उपचार गराएका छन् ।

कालिक–९ बस्ने वर्ष ६६ को लाल बहादुर चेपाङ, वर्ष ५० को बल बहादुर चेपाङ र वर्ष १५ को सुजन चेपाङ विरामी भई अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button