बिज्ञापन

काठमाडौंमा साढे १३ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, असार ११-

काठमाडौंमा ब्यापारिक सटरहरुको स्वामित्व दिने भन्द ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कलंकी ट्रेड सेन्टरका ब्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी भएको भन्दै डा. विमला भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले गत शनिबार पक्राउ गरेका अन्य ५ जनामा काठमाडौं महानगरपालिका–१६ का राजु महर्जन, ललितपुर कुपण्डोलका राजेशकृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका–१३ बस्ने निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ बस्ने चिरञ्जीवि पौडेल र टोखा नगरपालिका–७ बस्ने शान्तिरमण पंगेनी रहेका छन् । उनीहरुविरुद्ध ठगी मुद्दामा अुनसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button